निर्माण नसकिँदै मुलपानी मैदानमा पिचमा म्याट बिच्छ्याएर प्रधानमन्त्री कप खेलाइयो (फोटोफिचर)

१२ जेठ २०७६
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। लामो समयदेखि निर्माणाधीन मुलपानीस्थित क्रिकेट मैदानले विभिन्न विवादका कारण अझै पनि पूर्णता पाउन सकेको छैन्।
तर मैदान पूर्ण रुपमा नबने पनि आइतबार उक्त मैदानमा राष्ट्रिय गौरवको एकदिवसीय खेल खेलाइएको छ।

गत शुक्रबारबाट सुरु भएको प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल भइरहेका छन्।
जसमध्ये कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रदेश एक र त्रिभुवन आर्मी क्लब तथा मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

 

 

प्रतियोगिताको उद्घाटन सबै खेलहरु भने कीर्तिपुर मैदानमा भएको थियो। यसअघि उद्घाटनको दिन अन्य खेलहरु भने मुलपानस्थित क्रिकेट मैदानमा पनि खेलाउने बताइएको थियो।

त्यहाँको मैदान पूर्ण रुपमा तयार नभएपछि मुलपानीमा हुने खेल आइतबारदेखि मात्रै संचालन गर्ने आयोजकले जनाएको थियो।
तर आजपनि मैदान तयार नभएपछि खेल पिचमा नभई म्याट ओछ्याएर कर्णाली प्रदेश र पुलिस क्लबबीच खेल भइरहेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले ५० ओभरको खेल खेलाउन एउटै मैदानमा मात्र सम्भव नभएको र बजेटले पनि धान्न मुस्किल हुने हुँदा बाध्य भएर पनि मुलपानी मैदानमा क्रिकेट खेलाइएको जानकारी दिए। उनले उक्त मैदान परिक्षण गर्ने हेतुले पनि त्यहाँ क्रिकेट खेलाइएको बताए।

 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l