जब प्रधानमन्त्री मोदी यसरी निहुरिए, नेपाली नेताले गर्लान् यस्तो ?

२२ कार्तिक २०७५

banner

एजेन्सी । सत्तामा बस्नेहरु झकेकोको उदाहरण निकै कम देखिन्छ । अँझ नेपालमा त गाउँपालिकाका वडा सदस्यदेखि राष्ट्रपतिसम्मले झुकेको हेर्न पाउनु नेपालीका लागि भूकम्प नै जानुपर्छ ।

जनप्रतिनिधि ठाडै रहेको भन्दा झुकेको निकै सुहाउँदो रैछ । भारतीय प्रधानमन्त्री जब आफ्नै पार्टीका सीनियर नेता लालकृष्ण आडवाणीको घरमै पुगेर झुके त्यसले मोदीको विरोधी मानिएका आडवाणी पनि नतमस्तक भए । 

बिहीबार भारतीय जनता पार्टीका संस्थापक लालकृष्ण आडवाणी ९१ वर्ष पुगेका छन् । उनको जन्म दिनमा प्रधानमन्त्री स्वयम आडवाणी निवासमै पुगेर शुभकामना दिए । 

आडवाणीको जन्म हाल पाकिस्तानमा पर्ने कराचीमा १९२७ मा भएको थियो । मोदीले यसरी झुकेर अभिवादन गर्दा राजनेताहरुमा कस्तो गुण हुनुपर्छ भन्ने सन्देश विश्वमै दिएका छन् । 

सो अवसरमा प्रधानमन्त्री मोदीले आडवाणीको प्रशंसा गर्दै उनी एक महान राजनेता भएको बताए । उनले आडवाणीको विद्वताले भारतको विकासमा निकै सहयोग पुर्याएको बताए । 

उनले भारतको विकासमा आडवाणीको भूमिका निकै महत्वपूर्ण भएको बताए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »