'प्रधानमन्त्रीज्यू, तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’

१७ मङ्सिर २०७५
banner

काठमाडौं। विवादित इसाई धर्म प्रचारक संस्थाको अवार्ड ग्रहण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भैरहेको छ । खासगरि सामाजिक सञ्जालमा यसको आलोचना बढि भैरहेको छ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त संस्थाले गरेको  सम्मानप्रति गम्भीर आपत्ति जनाएका छन्।

मिश्रले धर्म प्रचारक संस्थाले दिएको सम्मान थाप्नु गलत रहेको जनाउँदै प्रधानमन्त्री ओलीको पनि आलोचना पनि गरेका छन्।

उनले फेसबुकमा लेखेका छन् , ‘प्रधानमन्त्रीज्यू, यो त अति भयो, तपाई देशको प्रधानमन्त्री, हामी सबैको प्रधानमन्त्री,’ ‘देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने ? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?

प्रधानमन्त्री ओलीलाई धर्म प्रचारक संस्था वर्ल्ड पीस फेडेरेशनले काठमाडौंमा आयोजना गरेको एशिया प्यासिफिक समिटमा दौरान एक लाख डलरको अवार्ड प्रदान गरेको थियो । 


 

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I