कविता - लौ लखेट

१३ पौष २०७५
banner

                 लौ लखेट

‌‌लौ लखेट कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?
तेरो गलत नियतिको विरोधमा उत्रिन सक्छ !
होशियार भईस तँ !
त्यसैले,
हौसाएर युवालाई, कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

कुनै न कुनै बाहानामा मातृभूमि लुटेकै छस्
आफ्नो स्वार्थ पुरा गर्न जनताहरू भुटेकै छस्
पसिनाले सिंचित गर्दै आँगनमा
फूल फूलाऊने रहरहरु निमोठेर तैँले
भन् तँ, आज युवालाई कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

ल्याउनेछु रोजगारीका अवसरहरु मूल फुट्याएर
भन्ने गर्थिस्  भाषणमा घोक्रो सुकाएर !
'मुती सके दैलौ देखे" उखान टुक्का जस्तै पो भो !
रोक्छस् की युवाशक्ति !
पलायन हुन बाट भन्ने आशा निराशा भो ।
‌‌लौ लखेट्  कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

  बाबुराम पन्थी 'गुल्मेली'
  रे, न, पा, १ तम्घास गुल्मी

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l