कविता - 'ह्याप्पी निउ इयर' - राकेश कार्की

१८ पौष २०७५
banner

       कविता

“ह्याप्पी निउ इयर”

 

झल झल यी आँखाहरूबाट
बैशाख महिना हटिनसक्दै
आयो २०१९ को
नयाँ जनवरी महिना
देश विदेश संसारै ढाकेर
हरेकको हात मिलाइमा
सबैको बोली बोलीमा
एउटा बेग्लै किसिमको उमङ्ग
र उत्साहको
“ह्याप्पी निउ इयर”

अहिले पनि
टुँडिखेलको तोपको सलामी
कानहरूमा गुञ्जिनसक्दै
देश विदेशका शहर र राजधानीहरूमा
पड्कन्छन् रङ्गीबिरङ्गी फायरवर्कस्
त्यसकै यत्रत्यत्र
रमाइरहेका भिँडहरु
सल्बलाइरहेका मानिसका जमात
शुभकामना दिँदै लिँदै
थुम्का थुम्का कोसेलीका
थुप्रोहरू थुपार्दै
विभिन्न रङ्गका विभिन्न आकृतिका
साना ठूला बेलुनहरू उडाउदै
नयाँ आशाहरू बोकेर
एकसाथ चिच्याइरहेका
“ह्याप्पी निउ इयर”

आखिर समय त हो
हिँड्दै हिँड्दै जाने
सेकेण्ड, मिनेट, घण्टा
अनि दिन, हप्ता, महिना हुँदै
बाह्र महिना कटेपछि
नयाँ वर्ष भइदिने

त्यसैले तपाईँहरु
जुनसुकै मुलुकमा भएपनि
तपाईँहरुलाई
सुख, समृद्धि, सुस्वास्थ्य र उन्नतिप्रगतिको
मुरीका मुरी शुभकामनासाथ
“ह्याप्पी निउ इयर”

 

-राकेश कार्की
 लस एन्जेलस

 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll