कविता - शहीद र जिउँदो शहीद - राकेश कार्की

२१ माघ २०७५
banner

        कविता


थुप्रै थुप्रै शहीद बनिसके
यो सानो देश बनाउन
त्यसमध्यको एउटा शहीद
सालिक बनेको रहेछ
वरिपरि धूलैधूलो र फोहर
खाल्डा खाल्डी भएको
सडकको छेउमा

माघको जाडोमा
अर्को मानिस
दुस्ख परे जस्तो
भोको जस्तो
खुसी नभए जस्तो
निराश जस्तो
काम्दै काम्दै डल्लो पर्यो
त्यही सालिक मुनि

सालिकले यसो हेर्यो
घोरिए पछि चिन्यो
त्यो मानिस त उसंगै
आन्दोलन गर्थ्यो
र अहिलेको घाइते र पीडित
जिउँदो शहीद

रहेछ शहीद दिवस
त्यसैले त आएछ
शहीदको सालिक खोज्दै खोज्दै

बर१ जिउँदो शहीद
सुनसान एक्लो
कसैले पनि नसम्झेको
यो शहीदलाई भेटन

शहीदको सालिकलाई
साह्रै दुस्ख लाग्यो
जिउँदो शहीदको त यो हाल छ भने
बाँकी दुस्खी र गरिब जनताको के हाल होला ?
अनि बेरोजगार, बिरामी
र उपेक्षित सर्वसाधारणको के हाल होला ?
फेरि हाम्रो देशको के हाल होला ?

शहीद सालिकको
ढुँगाको मुटु पनि रसायो
उसको आँखाबाट
दुई थोपा आँसु खस्यो
तल घुस्रेको
जिउँदो शहीदको आशामा

-राकेश कार्की
लस एन्जेलस

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l