कविता- त्यसपछि मलाई कहिल्यै होली लागेन

८ चैत्र २०७५
banner

प्रतिनिधिमुलक तस्विर

           कविता

    सिउदोमा रातो सिन्दुर
शरिर भर रातो पहिर लगाएर
जब म हिँउदको मौसममा घरमा रहन्थे
गाउँभरका सबै युवा युवती हातभर
हरियो, रातो, निलो, पहेलो, सेतो, कालो,
अनेकौ रंगहरू बोकेर मेरा शरिर
ईन्देणी जस्तै बनाई दिन्थ्ये
उनिहरू सँग ईन्देणी जस्तै शरिर बनाएर
पानीको वर्ष जसरी
होलिमा रंगि विरङ्गि बनिन्थ्यो, बनाईन्थ्यो
हिजो आज मलाई कहिल्यै होली लागेन
मेरो सिउँदोको रातो सिदुर
शरिरको रातो पहिरन
जसरी हावाले सुकेको पात उडाएर लैजान्छ
जसरी किनारको वस्तु नदिले बगाउछ
उस्तै गरि रातो सिदुर,रातो पहिरन
भगवानले सदाको लागि लगि दिए
हिजो आज
रातो अबिर देखेपछी म तर्सिन्छु
रातो कपडा देखेपछी म डराउछु
रातो चिजबिजमा नजर परे चिच्याउछु
राता मान्छेहरूको हुल देखे लुक्छु
होलिको नाम सुने कहालिन्छु
होलिको बहानमा अनुहार रंगि बिरगि
होलिको बहानमा अनुहार रातो
बनाएर हिड्ने देख्ने वितिकै
यमराज आएको जस्तै ठान्छु
आगो बोकेर हिडेको जस्तै मान्छु
अनुहार भर रातो लगाएर हिड्नेहरू
मेरो लागि राक्षस जस्तै मानिन्छन
शरिरभर रंग दलेर हिड्नेहरू
मेरो लागि पापि जस्तै ठहरिन्छन
सिउँदोको रातो सिदुर
शरिरको रातो पहिरन
हराए सँगसँगै मलाई कहिल्यै होलि लागेन...।।।

राजन पराजुली
चितवन

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |