कविता - 'वसन्त' - विजय शिवाकोटी

१९ चैत्र २०७५
banner

कविता

बसन्त !
हरेक बर्ष जाडो सकिने बित्तिकै  
यहि बेला टुप्लुक्क आईपुग्छ
तिम्रो झझल्को लिएर

हुस्सु परेको मनभित्र पारिलो घामले  
तिम्रो मुस्कान जस्तै
अनुभुती दिने कोशीस गर्छ
तिम्रो जस्तै रङहरुमा
प्रकट हुने प्रयास गर्छ
यो सब मन राख्नलाई   
शायद बसन्तले बुझेको छ
तिमी नहुंदाको मेरो अवस्था  

तर, कहाँ तिमी!
कहाँ तिम्रो जादु! 

तिम्रो मुस्कानहरु यथावत छन्   
मेरो मुटुभित्र
कहिले एकान्तमा फुकाएर हेर्छु
तिम्रो मुस्कानमा लागेका  
अन्तरालको धुलोहरु टक्टक्याउँछु
र टलक्क पारेर फेरि मुटुभित्रै राख्छु  
शायद तिमीलाई पनि थाहा थिएन
तिम्रा मुस्कानहरु कति जीवन्त थिए

आँफैलाई भन्छु म–
अवर्णनीय त्यो रङमा कुन गुलाफ फुल्छ र !
तिम्रो आँखासरि मस्तिमा
कुन डाली नुहुन्छ र !

हीरालाई  मखमलमा सम्हालेर राखे झै
तिम्रो आँखालाई मैले
मनभित्रको कोमलतम् तहमा राखेको छु

आँफैलाई भन्छु म-
तिम्रो आँखा जस्तै मनोहर
यो बसन्त कहाँ छ र ?
तिम्रो हेराई झैं आँफैमा
यो बसन्त कहाँ मग्न छ र !


त्यसैले म भन्छु
मेरो लागि
बस्तुतस्
तिमी हौ बसन्त !!

 

 

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |