डियर भाउजू (कविता)

७ पौष २०७५
banner

हिजो टलक्कै टल्किने रातो
 झिलिमिलि घुम्टोमा 
धपक्कै बलेर भित्रिएकी 
पुतलि झै ऊ ...
एक अपरिचित तरुनी।

कति शुसील,सुन्दर
ति कोमल पाउहरु
दियो र कलश साक्षी राखेर 
आजदेखि यो घर सम्हाल्न
मेरी आमाको सेतै फूलेर
घुङ्ग्रिएको केशमा
सर्लक्क परेको वास्नादार चुल्ठो
जबर्जस्ती जोड्दै भित्रिइएकी उनी ...

मलाई सिकाइँदै थियो 
दाजुकी अर्धाङ्गिनी 
भाउजू रे ...

आज त घर पनि निकै
परिवर्तित छ
वास्नादार छ
रङ्गीचङ्गी छ
फुरुङ्ग छ
बुहारीको हात सुम्सुम्याउँदै 
टोलभरि थामि नसक्नु हाँसो 
पोख्दै
दंग छ !

भोलि र पर्सी हुँदै 
अन्तरालमा,
उनको नामै फेरिएछ
मलाई बुहारी होइन,
नानु भन्नुस्!
सिकाउँदै थिइन् बाबा र आमालाई

बुहारीलाई अब नयाँ साइनोले
पुकार्न हिचकिचाउँदै थियो
बुढेसकालले थकित जिब्रो!
मैले भाउजु नभनेर उनको नाम
नयाँ युग जस्तै डियर सिस् पुकार्नु पर्यो रे
नयाँ युगकी डियर सिस्
मतलब मेरी डियर भाउजू !

फेरिएछ युग,
फेरिएछ हाम्रो सानो घर
र 
बनेछ उनी अटाउँनै मुस्किल
सानो एउटा झुप्रो !

फेरिदै थियो वनजङ्गल र सुन्दर
वस्ती कै नाम पनि 
उनकै आधुनिकताको वाणीमा
पाखो बन्दै थियो 
उनी नै आएदेखि
हामी सबैको एउटै उपनाम पाखे
उनले न्वारान गरिदिएको ,
आजको उपमा

झिसमिसे मै उठेर
सकिनसकि 
मेरी आमाले गाइको गोबरले घर लिप्दा
नाक थुनेरै थकित हुने उनी
बर्षौबर्ष म र मेरो दाजु
खालि खुट्टै ताते ताते हिडेको आँगन
स्याण्डिल लगाएर पनि 
बडो मुस्किलले हिड्न सक्ने उनी
मेरी डियर भाउजूको हिम्मत बारे
 सोच्दै छु म...
कसरी गाँसिन प्रेम 
एक पाखे सँग
र हिजो
कसरी अँट्ने हिम्मत गरिन् रु
झुप्रोको दैलोबाट...!!

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll