कविता - 'बुद्द जन्मेको नेपालमा' - कोमल मल्ल  

२९ बैशाख २०७६
banner

विश्व,
एक आङ ढाक्न
एक बास बस्न
एक गास टार्न
शान्तीको स्वास चाहिन्छ ..

बुद्द जन्मेको पबित्र नेपाली माटोमा
स्वर्णीम
श्रृजनशिल 
शास्वत सत्य
अतुलनीय बौद्द दर्शनको 
स्वच्छ पवन पाईन्छ
शान्तीको स्वास फेर्न आउ विश्व 
मनमोहक, सुन्दर र अमुल्य प्रकृती छ
बुद्द जन्मेको नेपालमा, बुद्द जन्मेको नेपालमा ..

तपस्पीहरुको तपो भूमी हो नेपाल
ज्ञानीहरुको ज्ञानभूमी हो नेपाल
कर्मीहरुको कर्मभूमी हो नेपाल 
वीरगाथाको पुण्यभूमी हो नेपाल ...

अनी
फाटहरूको
पहाडरुको
हिमालहरुको
अखण्ड अमर शान्तभूमी हो नेपाल
निर्मल गगन छ
कलकल नदि बहन्छ
सारगरवित अनुकरणीय धर्म संस्कृती छ
लालीमाले चन्द्र सूर्य ध्वजा 
चुमि रहन्छ, चुमि रहन्छ ...

माटो हो बुद्द खेलेको नेपाल 
माटो हो  बुद्द हिडेको नेपाल 
माटो हो शान्तीमन्त्र श्रृजनाको
पावन भूमी नेपाल !
स्वर्ण स्वर्गभूमी नेपाल !
भगवान गौतम बुद्द जन्मेको नेपाल, बुद्द जन्मेको नेपाल ..

आउ विश्व तप गर्न 
आउ विश्व जप गर्न 
आउ विश्व ध्यान गर्न 
आउ विश्व पुजा गर्न 
र शान्ती मन्त्र श्रवण गर्न
शान्तीको जल अभिषेक गर्न
शान्तीमा शान्तीको प्रसाद ग्रहण गर्न
शान्तीको साश्वत पबित्र मन्दीर 
भगवान गौतम बुद्द जन्मेको नेपालमा ...

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l