व्यंग्य कविता - 'नेताका  माला, च्यापिएर ज्यान जाला' 

११ चैत्र २०७५
banner

नेताका माला, च्यापिएर ज्यान जाला

यमपनचक सिधीइ सक्यो छैन कूकूर तिहार  
ठाउँ  न कु ठाउँ माला लगाइ मन्त्रि ज्यूको सवार 
क्रिया पुत्री भेट्दा समेत  लायौ आज माला 
जहाँ जादा नि लाउनै पर्ने अचम्मैको चाला ।

चाकडी र चाप्लुशिले शुन्य बिबेक आज 
यस्ता ठाँउमा माला लाउन छैन तिम्लाई लाज 
जनबादी क्रिया होकी कस्ता ठाँउमा गयौँ 
गला भरि माला लगाइ कार्टुन नै पो भयौँ ।

पूजाआजा  खुशियाली कि त कठै लाशमा 
अप्रासंगी माला देखे आज जिउदा शासमा  
तिम्ले लाको माला देखि भाको होइन रिस 
कूपात्रमा पर्दा खेरि अमृत पनि बिष।

रहर होकी प्रतिष्ठा हो अचम्मै पो भा छ 
फूलै फूलले नेता पुर्ने नौलो चलन आ छ 
तिमि मात्रै हैनौ यस्तो सबका यस्तै चाला 
विदेशबाट फूल झिकाइ नेता ज्यूलाई माला ।

त्यहि फूलको माला लागाइ स्वाबलम्बी भाषण 
फूलै फूलको चिता हो कि नेता ज्यूको आसन 
र्थेग्दा रछन हनुमानले दुइटा छेउमा बसी 
गर्धन सर्धन भाचिएला चिप्प्लिएर खसी ।

हातै गलि चीप्लिएर माला तल खस्दा 
ज्यान को डर त मान गाठे धराप मुनि बस्दा 
शिसुपाली गर्धन माथि दुइ क्विन्टलको माला 
त्यहि मालाले च्यापिएर तिम्रो परान जाला ।।

    अर्जुन राज पन्त
 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |