डेरामा एक्लै बस्दै आएका प्रहरी जवान मृत भेटिए

१६ मङ्सिर २०७५

banner

सांकेतिक तस्विर

दमक । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए ।

उनी डेरामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी जवानको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष