प्रहरी दिवसमा गृहमन्त्रीले किन दिएनन् शुभकामना? 

२५ आश्विन २०७५
banner

अमर प्रहरीप्रति श्रद्धान्जलि अर्पण गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर अार्यन धिमाल/ डिसी नेपाल

काठमाडाैँ। बेहुली झैं सजिएको प्रहरी प्रधान कार्यालय नक्साल। प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्तिको सहभागिता। सबैतिर खुसीको माहोल। बिहीबार नेपाल प्रहरीको ६३ औँ प्रहरी दिवस। 

प्रहरी दिवसको यो रंगिचंगी वातावरणमा समग्र गृह प्रशासनको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाले भने प्रहरीलाई शुभकामनासमेत नदिँदा नक्सालको वातावरणमा ‘बादल’ लागेको कार्यक्रममा सहभागीले अनुभव गरे। 

प्रहरी दिवसका अवसरमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले प्रहरीलाई शुभकामना दिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वर्षभरी प्रहरीले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै केही प्रतिवद्धता पनि गरे। 

तर, गृहमन्त्री थापाले भने न शुभकामना दिए, न कुनै प्रतिवद्धता जनाए। आफ्नै मातहतको एक संगठनको स्थापना दिवसमा गृहमन्त्रीले किन सम्बोधन गरेनन् प्रश्न उब्जिएको छ। गृहमन्त्री र प्रहरी प्रमुखबीच सम्बन्ध बिग्रेको अनुमान कार्यक्रमका सहभागिले लगाए पनि त्यसको अन्य आधार भने भेटिएको छैन। 

प्रहरी दिवसको यो रंगिचंगी वातावरणमा समग्र गृह प्रशासनको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाले भने प्रहरीलाई शुभकामनासमेत नदिँदा नक्सालको वातावरणमा ‘बादल’ लागेको कार्यक्रममा सहभागीले अनुभव गरे

प्रहरी प्रधान कार्यालयले बनाएको कार्यक्रम सूचीमा गृहमन्त्री थापाको मनतव्यको कार्यक्रम समावेस थियो। उनलाई प्रधानमन्त्री ओलीभन्दा ठिक अगाडि मनतव्यका लागि सयम दिइएको भए पनि कार्यक्रम उद्घोषकले उनलाई मनतव्यका लागि बोलाएनन्। कार्यक्रम सूचीमा समावेस गरेर पनि मनतव्यका लागि नबोलाइनु रहस्यमय घटना भएको एक प्रहरी अधिकारीले बताए।

कार्यक्रममा गृहमन्त्रीले प्रहरीलाई आवश्यक निर्देशनसहितको शुभकामना दिने र निर्मला पन्त हत्या प्रकरणबारे केही बोल्ने अनुमान गरिएको थियो। तर, गृहमन्त्रीले प्रहरीलाई शुभकामना नदिएर निरासमात्र बनाएनन् कर्तव्य पालनाका शिलशिलामा ज्यान गुमाएका प्रहरीका सहिद परिवारको पनि चित्त दुखाए।

प्रधानमन्त्रीले गरे प्रशंसा
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रहरी दिवसका अवसरमा शुभकामना दिँदै प्रहरी संगठनको प्रशंसा गरे। उनले नेपाल प्रहरीको देशप्रेम, इमान्दारीता कर्तब्यनिष्ठता र राष्ट्रका निम्ति आहुति दिने सम्पूर्ण प्रहरी प्रति सम्मान व्यक्त गरे। 

प्रधानमन्त्री ओलिले वीर अमर सहिद अरुप्रति श्रद्धासुमन व्यक्त गर्न पाउँदा गौरवशाली भएको र आफूपनि देशको लागि समर्पित सहिद तथा वीर परिवारका सदस्यहरुको पीडामा सरिक भएको समेत  बताए। 

प्रधानमन्त्री ओलीले प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको कार्यपत्र प्रस्तुत गरेपनि त्यो नै सहरानीय नभएको समेत टिप्पणी गरे। कुनै एउटामात्र संवेदनशील घटनाको छानबिन गर्न नसके त्यसमाथि प्रहरीको कमजोरी प्रष्टै देखिने उनको भनाइ थियो। उनले नेपाल प्रहरीले देशमा मात्र नभएर विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनामा उल्लेखनीय भूमिका खेलेको भन्दै नेपाल प्रहरीको जिम्वेवारी प्रति मुक्तकण्ठले प्रशंसा गरे। 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आम नागरीकको सेवा प्रवाहमा सदैव सक्रिय रहने बताए।  खनालले यसवर्ष ९० प्रतिशत अभियुक्तलाई कारबाही गर्न नेपाल प्रहरी सफल रहेको समेत बताउँदै अनियमिततामा संलग्न सबै अपराधीलाई छानबिन गरी कारबाही गर्ने बताए।

देशमा बढ्दो रुपमा रहेको महिला हिंसा तथा बलात्कारका घटनालाई समेत निर्मूल पार्न नेपाल प्रहरी अग्रसर रहेको दाबी गरे।  दिवसका अवसरमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अमर सिहं शाहलाई लाईफ टाइम अचिभमेन्टको अवार्डले सम्मानित गएिको थियो। 
नेपाल प्रहरीको स्थापना २०१२ सालमा स्थापना भएको थियो।
 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |