कविता - 'नारी र उसको जीवन'

४ मङ्सिर २०७५

banner

ऊ आज कसैकी छोरी हो
मस्त रमाउछे,घुम्छे,डुल्छे
 मनमा भएका हर रहर
  स्वत पूरा गर्छे ।
    
 ऊ रिसाएर ठुस्स पर्दा
       भोक भोकै सुत्दा
  परिवारमा हरेकलाई चिन्ता हुन्छ
   फकाएर खुवाउने आमा हुन्छिन
        मन लाग्ने वितिकै साथी सँग हिड्न सक्छे ।

           मन भित्र उब्जीएका ईच्छा भन्न सक्छे
            मन भित्र लाएका रहर सुनाउन सक्छे ।

            उसको जीवन पिजडा भित्र थुनिएको
             हुदैन
            घर भित्र जहां बाट जे लिएपनि
             उसलाई पूरै स्वतंत्रता हुन्छ
             ऊ भुरूङ जस्तै नाच्न पाउछे ।

        भोली उसका उड्ने
            प्वाखहरू भाचिनेछ
     खुसीले रमाउने मन भित्र
           कालो बादलले पूरै घेर्नेछ ।

ऊ कसैकी पत्नी बन्नेछे
ऊ कसैकी बुहारी बन्नेछे
ऊ कसैकी भाउजु बन्नेछे ।

        आफु जन्मिएको घर
            उसको लागि पाहुनाको घर हुनेछ
      ऊ जन्मिदा परिवारमा नया सदस्य
          आयो भन्नेहरूले 
   उसको विधाई सँगै
        परिवारको सदस्य बाट उसलाई
            निकाल्न तछाड मछाड गर्नेछन ।

   पराईको घरलाई आफ्नो घर सम्झिनु छ,
          आफ्नो घर बनाउनु छ
     रिसाएर ठुस्स पर्दा फकाउने कोही हुनेछैनन्
            आफ्नो ईच्छाले घर बाहीर हिड्न पाईनेछैन ।

        शरीर पूरै कसैको अधिनमा बाधिने छ
        शरीर पूरै कसैको ईज्जतमा अड्किने छ
        शरीर पूरै कसैको मर्यादाले छेकीने छ ।

    घर भित्र रहेका चिज आफ्नो ईच्छाले
         लैजादा चोरको नजरले हेरिन्छ
    मन भित्रका रहर मन भित्रै बाध्नुपर्नेछ
    हरेक सपना लाई दागवती दिनुपर्नेछ ।

     उसको जिन्दगी पिजडामा थुनिएको
         सुगाको जस्तै हुनेछ
     सब चिज भएर पनि स्वतंत्र हुनेछैन
     उसको जीवनमा पूरै पर्खाल लाग्ने छ ।।

     राजन पराजुली चितवन
          ट्वीटर:-@rajanpjl

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष