पोर्चुगलमा साहित्य र मानवअधिकार विषयक अन्तरक्रिया

२५ आश्विन २०७५

banner

लिस्वोन । पोर्चुगलको राजधानी लिस्वोनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आयोजनामा  “नेपाली भाषा, संस्कृति, साहित्य र मानवअधिकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यूरोप भ्रमणमा रहेका लेखक, साहित्यकार तथा मानवअधिकार कर्मी, मानवअधिकार तथा शान्ति समाज, नेपालका सभापति गङ्गाधर अधिकारीको उपस्थितिमा
लिस्वोनस्थित स्वयम्भू रेष्टुरेण्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका अध्यक्ष वाई बि गुरुङले गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा गङ्गाधर अधिकारीले नेपाली भाषा, संस्कृति, साहित्यको विकास र नेपालमा मानवअधिकारको पछिल्लो अवस्थाका बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा अनेसास, केन्द्रीय उपाध्यक्ष सुनिल संगम, गैर आवासीय नेपाली संघ, पोर्चुगलका उपाध्यक्ष नारायणकाजी थापा मगर, स्थानीय पत्रकार रमेश राज वास्तोलालगाएतका साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष वाई बि गुरुङले खादा लगाई प्रमुख अतिथि अधिकारीलाई स्वागत गरेका थिए भने गैर आवासीय नेपाली संघ, पोर्चुगलका तर्फबाट उपाध्यक्ष नारायण काजी थापा मगरले खादा लागाई स्वागत गरेका थिए।

“प्रवासमा बस्ने नेपालीहरुलाई पनि आफ्नो भाषा, संस्कृतिको निकै माया रहेको उल्लेख गर्दै अधिकारीले नेपालमा लोकतन्त्र आएपनि मूलुकमा दण्डहिनताको अन्त्य भने नभएको बताए”।

कार्यक्रम अनेसास, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल“जिज्ञासु”ले सञ्चालन गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »