रोनाल्डोबिना पोर्चुगलको जित

२६ आश्विन २०७५
banner

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-२ ले हराएको हो ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । रोनाल्डो हाल यौनदूव्र्यहार आरोपका कारण पोर्चुगलको टिमबाट बाहिर छन्।

तर, पोर्चुगलको जितमा आन्द्रे सिल्भा र बर्नार्डो सिल्भाले एक एक गोल गरे । पोर्चुगलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पोल्याण्डका कामील ग्लिकले आत्मघाती गोल गर्दा क्रिस्टोफ पेटक, ज्याकब ब्लास्जोस्कोस्की एक एक गोल फर्काए ।

जितसंगै पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । र, पोर्चुगल लिग ए समूह ३ को शीर्ष स्थानमा छ । पोल्याण्ड र इटाली १र१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

युईएफए नेसन्स लिग अन्तर्गत इजरायलले स्कटल्याण्डलाई २-१ ले हराएको छ । रुस र स्विडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l