प्रचण्डको विष्फोटक अभिव्यक्ति, आफ्नै सरकारमाथि छैन भरोसा (भिडियो)

२५ माघ २०७५
banner

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको विष्फोटक अभिव्यक्तिले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ। नेकपा पार्टीका दुई अध्यक्षमध्येका एक अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा छन्। उही दलका अर्का अध्यक्षले सरकारमाथि नै भरोसा उडेको अभिव्यक्ति दिएका छन्।

शुक्रबार काठमाडौंमा एक पुस्तक विमोचनका क्रममा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। 

समय कस्तो परेको छ भने भेनेजुयला प्रकरणमा दुई अध्यक्षको परस्पर विरोधका अभिव्यक्ति आएकै बेला प्रचण्डको आक्रोश पोखिएको छ। अघिल्ला प्रायः सम्बोधनमा सरकारको बचाउमा बोल्ने प्रचण्डको एकाएक पारो चढेको प्रष्ट छनक उनको अभिव्यक्तिमा छ।

प्रचण्डले त के सम्म भन्न भ्याए भने- 'अर्को माओवादी जन्मिन सक्छ र झन् ठूलो लडाइ हुने खतरा आउँछ।'

प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर केन्द्र बलियो बनाउनेतर्फ आफ्नै सरकार उद्धत देखिएको प्रचण्डको भनाइ छ। त्यो भन्दा अगाडि बढेर उनले शान्ति सम्झौता र संविधानको मर्म विपरित अहिलेको सरकार चलिरहेको गम्भीर आरोप लगाए।

मधेशमा एक खालको, पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा रहेको प्रचण्डको अभिव्यक्तिमा छ।

प्रचण्डको अभिव्यक्ति पछि प्रधानमन्त्री केपी शर्मा ओली सशङ्कित भएको अनुमान गर्न कठिन छैन। भेनेजुयला प्रकरणमा प्रचण्ड चिप्लिएको बताएका प्रधानमन्त्री ओलीले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई कस्तो 'रियाक्ट' गर्छन् केही दिनमा थाहा लाग्नेछ।

नेकपा पार्टीभित्रको वेमेल एकपछि अर्को गरेर सतहमा छरपष्ट भएपछि दुई पार्टीबीचको एकताको जग एकपटक हल्लिएको छ। भेनेजुयला प्रकरण पछि प्रचण्डको विष्फोटक अभिव्यक्ति पछि पार्टीमा अव के बित्ला भन्ने चासो बढेको छ।

भिडियोमा हेर्नुस् प्रचण्डको विष्फोटक अभिव्यक्तिको पूर्णपाठः

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l