२१ बुँदे माग राख्दै राजधानीमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रर्दशन (फोटोफिचर)

२० माघ २०७५
banner

आर्यन धिमाल

काठमाडौं। सशस्त्र द्वन्द्वपीडित सुरक्षाकर्मिहरुलाई न्याय माग्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले आइतबार पनि राजधानीमा प्रदर्शन गरेको छ। विभिन्न २१ बुँदे माग राख्दै उक्त संस्थाले माईतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो।

सो अवसरमा र्‍याली समेत निकालिएको थियो। र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागिहरुले कालो झण्डा देखाउँदै सरकार विरुद्ध नाराबाजी गरे। उनीहरु २६ दिनदेखि राजधानीको माइतीघरमा धर्ना बस्दै आएका छन्।

 

 

यस्तै उनीहरुले गत माग १४ गते सरकारले गरेको २८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने निर्णयलाई परिपूरणसहितको चाडोभन्दा चाडो नेपाल सरकारले सम्बोधन गर्नुपर्ने माग गरेका छन्।

र्‍यालीमा सहभागिमध्येका एक पुष्कल अधिकारीले अरु शहीदलाई जस्तै सुरक्षाकर्मीतर्फका शहीदलाई पनि उचित सम्मान एंव आर्थिक रुपमा सबल बनाउन आवश्यक रहेको बताए।

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l