कविता -‘जन्मनु छैन मलाई’- प्रीति अर्याल

११ आश्विन २०७५
banner

प्रीति अर्याल

फुलका निर्दोष ओठहरुले
क्रान्ति गर्दैछन् ईश्वरसंग
हे ईश्वर
तिम्रो बिर्यमा नाकाबन्दी लगाऊ
तालाबन्दी लगाऊ
जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैंचा भरी
संबेदना गुमाएर
निर्भयताले कुल्चिएर
नाङ्गो बनाउदै
जसरी मन लाग्छ
त्यसैगरी
छेत बिच्छेद पार्दै
कामुक हत्केलाले
चुडालेर अस्तित्व
दुखाई जाँघ
च्यातेर यौनाङ्ग
मृत्युको कालो छायामा
बगाएर रगतको आँसु
बिश्मयका साथ
लडिरहेछु
तिम्रो मन्दिरमा
त्यसैले,
हे ईश्वर जन्मनु छैन मलाई
सुन्दर तिम्रो बगैंचा भरी
फुलका रसमा
लिप्त छन् काकाकुलहरु
अनि,
च्यातेर पत्रपत्र तिमीलाई
चढाउँदा
किन मौन छौ तिमी?
राखेर तिम्रो सामु
कुमारीत्वको बलिदान
दिदा पनि
निसन्देह हेरिरहेका छौ
निशब्द रङ्गीएका छौ
निर्दोष फुलका रगतमा
त्यसैले,
हे ईश्वर जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैचा भरी

प्रीति अर्याल
हाल : काठमाडौ 
२०७५/०६/११

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l