प्रेम, यथार्थ र म

२२ बैशाख २०७६
banner

‘प्रेम देख्दा जति सानो शब्द छ यसको परिभाषा त्यति नै अल्झिएको र प्रष्टाउन गार्‍हो छ’, हुन त मान्छे पिच्छे यसको परिभाषा र यस विषयमा तर्क–वितर्क हुन्छ। कसैले यसलाई हल्का रूपमा परिभाषित गर्छ त कसैले यति असजिलो पारामा गर्छ मानौ संसारकै सबैभन्दा गार्‍हो परिभाषा भनेकै प्रेमको परिभाषा हो।

तर जे जस्तो भए नि प्रेम त्यो चीज हो जसको चाह संसारका सबै निर्जीव होस या सजीव जल थल आकाश पाताल सबै ठाउँका सबैलाई आकर्षित र मोहित पर्न संसारमा उपरवालाको देन हो जसबिना संसार चल्दैन साथै संसारको अस्थित्व नै रहदैन।

म सम्झन्छु मेरो प्रेम उत्कृष्ट छ। तपाईको सोचाईमा नि त्यहीँ हुन्छ, अनि उसको सोचाई पनि त्यस्तै नै तर वास्तवमा हामी गलत छौ किनकि प्रेमको परिभाषाको केही सिमा नै छैन प्रेमको सिमा त हामीहरूले हाम्रो नजरमा तय गरेको र निर्धारण गरेको मात्र हो अनि त्यसैलाई आत्मसात गर्दै प्रेम गरेका होउ तर यो सत्यता होईन न त आजसम्म कसैले पनि पुर्णतया प्रेमको परिभाषा दिनसकेको छ न त पुर्णतया यसलाई पाएको छ हो आफुले प्राप्त गरेको या प्रदान गरेको प्रेम लाई पुर्ण मान्ने चाहिँ धेरै छन्।

मध्यरातमा सबै आ–आफ्नो थकान मेटाई रहेका छन आ–आफ्नो सपनाहरूको साथ, आ–आफ्नो निद्रा देविका साथ तर म छट्पटीदै छु हनहनी ज्वारोले रन थनिदैछु। अनि मेरो छट्पटिई र पीडा भन्दा पनि उनी अताली रहेकी छन्।

साँच्चै माया पनि अनौठो नै हो। केही महिना पहिलेसम्म उनलाई मेरो शहरमा कहिलेकाहिँ देख्दैथिए उनी एक्लै साईकलमा कलेज जान्थिईन अनि एक्लै फर्किन थिईन न त कसै संग बोलेको देख्दथिए न त कसैले उनलाई जिस्काएको नै।

हुन पनि हाम्रो समाजमा जो मौनतामा रम्ने केटीहरू हुन्छन्। त्यस्तालाई कमै जिस्काउँछन् तर पनि कहिले काहिँ मलाई अनौठो चाही लाग्दथियो र साथीहरूलाई सोध्दै थिए।

हैन यो केटी कस्तो छ हैई कहिकतै कसैसँग बोलेको या जिस्किएको देखदिन के हो यस्तो अचम्म अनि तुरुन्तै साथीहरूको प्रतिक्रिया नि पाई हालिन थियो। कोहि भन्दै थिए लवर कडा होला, कोहि परिवार त कोहि बानी नै यस्तो तर प्रष्ट यहीँ कारण चाहिँ कसैले भन्न सक्दैन थियो। मेरो शरीरमा पानी पट्टी फेर्दै मलिन अनुहार साथ छेउमा बसिरहेकी छन् मध्यरात उनी।

केही समय पहिलेसम्म म अन्जान थिए उनका लागि तर आज मलाई ज्वारोले सताउदा पीडा उनले महसुस गर्दैछिन प्रेमको परिभाषाको एक लाईन यहाँ नि छ ‘मलाई दुख्दा यदि पिडा तिमीलाई हुन्छ भने त्यो प्रेम हो।’

दिनभरीको थकान स्कुले जागिरको काम अनि रातमा मेरो ज्वरोको पीडा कठै कति सकेकी तिमीले कति खटेकि तिमीले भो अब सुत भन्छु भन्ने मनमा हुँदाहुदै पनि अह भन्न सकिन सायद म पूरूष हो भन्ने अहमले भन्नलाई छेकियो कि या त यो घडी उनी साथमै रहने भन्ने लाग्यो कि त्यो चाहिँ थाहा भएन।

उनी चिसो कपडाको टालो फेर्दै बाबा अल्लि आराम भो खाना नि खानु भा छैन केही खाने म बनाएर लिएर आउ। मैले पर्दैन केही खादिन भनेर उनको मलिन मुहार निहार्न थाले।

साँच्चै हामी पुरूषार्थ त आफ्नै श्रीमतीलाई देखाउदो रहेछौं कहिले काँही आज टाउको दुखेको छ। बाबा खाना पस्केर खानु न ल भन्दा सम्म हामी श्रीमतीले पुरूषार्थमा चोट पुर्‍याएको झैँ महसुस गर्नेलाई राति राति अनिदो बसेर श्रीमानलाई के खाने, के गरू अलि ठिक भो भन्ने सोधी राखोस् भन्ने चाँही हुदो रहेछ।

बिहान बिउँझिदा केही रहत भएको महसुस भयो मलाई तर रातभरिको अनिदोले उनीलाई चाहिँ गार्‍हो भएछ दैनिकीमा। ‘आफ्ना मान्छेबाट स–साना कुराको नि ख्याल राखियोस् भन्ने चाँही सबैलाई हुदो रहेछ।’

मानिसले कहिले पनि आरिस गर्ने छोडेन चाहे त्यो सबै कुरामा निपुण नै किन नहोस् तर आरिस चाहिँ गरेकै हुन्छ कहि कतै केही भेटेन भने आरिस गर्ने माध्यम आफै सिर्जना गर्छ।

अनि त्यसमै आरिस गर्ने थाल्छ त्यसैले आरिसले पनि प्रेमलाई प्रतिनिधि गर्छ झै लाग्छ या यसो भन्न सक्नु हुन्छ कि ‘प्रेम पनि एक किसिमको आरिस नै हो आफूसँग हुँदा नि अरूको देखेर आरिस लाग्ने।’

हो समय बलवान् छ त्यो म नि मान्छु तर समय बलवान् छ भनेर समयलाई सबैले अङ्गालेर हिड्न पनि त सक्दैनन् जब कि सबैलाई थाहा छ समय बलवान् छ यसले सबैको जीवनमा उथलपुथल लिएर आउछ तर यसलाई उथलपुथल पर्ने झमता सायदै नै कसैमा होला।

कोहि कोहिले त्यो असफल प्रयास नगर्ने पनि होइन तर त्यो असफलतामै सिमित रहन्छ। अनि कोशिस गर्ने थाहै नपाई कहाँ हो विलिन भई सक्छन् त्यो त केवल समयलाई थाहा होला।

पहिले पहिले जब म बाल्यअवस्थामा थिए त्यो समय महाभारत भन्ने हिन्दी सिरियल भारतीय चेनलमा आउथियो र महाभारत सिरियलको शुरूवातमा नै अन्तरिक्ष (आकाश) को चित्र देखाएर “मे समय हुँ” भन्दै बोलेको अझै याद छ।

साच्चै त्यो सिरियलले बाल्यकाल मै समयको महत्त्व बुझाउने कोशिश गरेको थियो तर आफूलाई त्यो सिरियलको त्यहीँ वाक्यांश नै सबैभन्दा मन नपर्ने थियो ।

‘प्रेम हर समय, हर घडी, हर पहर महसुस हुने त्यो चीज हो जुन समय सगै परिमार्जित भईरहन्छ अनि समय सगै आफूलाई नि परिमार्जित गर्न सक्नेले मात्र प्रेम पाउछ या भनु प्रेम को मिठासतामा रमेर जिन्दगी बताउँछ।

बाल्यकालमा सबै हटी हुन्छन् कोहि यसलाई उमेरसंगै बढाउदै लैजान्छन् भने कोहि यसलाई त्यागदै जान्छन् प्रेम पनि त्यस्तै हो कसै कसैलाई हटी स्वभाव झैँ लाग्छ त कसै कसैलाई नगन्य झै त्यसैले प्रेम लाई यसरी पनि परिभाषित गर्ने सकिन्छ।

‘जहाँ एकहोरो हट र लिडे ढिपी देखिन्छ त्यो प्रेम हो’ लेखन टियुब लाईट

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |