यो प्रेम पत्र तिम्रो नाममा लेख्दै छु

२२ चैत्र २०७५
banner

रविन्द्र महरा

प्रिय
मनको हाल आज तिमी सामु खोल्दै छु
यो प्रेम पत्र तिम्रो नाममा लेख्दै छु । 

हो माया गर्छु तिमीलाई
दिन रात साँच्ने गर्छु तिमीलाई ।

ख्याल अजिव-अजिज मन भित्र सजाउँदै छु
यो प्रेम पत्र तिम्रो नाममा लेख्दै छु ।

लाग्छ तिमी बिना सास पनि चल्दैन
रात त रात भो दिन पनि ढल्दैन ।

सपनामा पनि मन्द मुस्काउँदै छु
यो प्रेम पत्र म तिम्रो नाममा लेख्दै छु ।

कसम छ तिम्रो साथ छोड्ने छैन
जीवनको कुनै पनि मोडमा बाटो मोड्ने छैन ।

तिम्रो मायाको बेहोसीपनमा हराउँदै छु
यो प्रेम पत्र तिम्रो नाममा लेख्दै छु । 

तिम्रो न्यानो काखमा निदाउनु छ
अंगालोमा कसेर हद भन्दा हद माया गर्नु छ । 

शब्दको हर जोडमा तिम्रो लागि माया खोज्दै छु
यो प्रेम पत्र म तिम्रो नाममा लेख्दै छु । 

मनको द्वार आज तिमी सामु खोल्दै छु
यो प्रेम पत्र तिम्रो नाममा लेख्दै छु । 

कल्याणपुर न.पा.१, बनिनियाँ, सिराहा हाल कतार

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।