
एजेन्सी। कानुनको हात लामो हुन्छ भन्ने उखान निकै प्रचलित छ । यस्तै एउटा रमाइलो भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक व्यक्ति खाल्डोभित्र फसेका छन् र अरुले उनलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । खाल्डोमा फस्ने व्यक्ति जेलमा कैद सजाय काटिरहेका अपराधी हुन् र बचाउन खोज्ने प्रहरी ।
यी व्यक्ति जेलबाट भागेका थिए । उनले पुलिसबाट बच्नको लागि जमिनमुनी खाल्डो बनाएर त्यही खाल्डोमा लुके । रातभर खाल्डोमा लुकेर भोलिपल्ट भाग्ने योजना बनाएका ती अपराधीको भाग्य यतिसम्म बिग्रिएको रहेछ कि रातमा पानी पर्यो । पानीले खाल्डो झनै भासियो र ती व्यक्ति त्यहाँबाट निस्कनै नसक्ने भए ।
उनले मद्दतको लागि जोड जोडले चिच्याए । तर, उनी देखिइरहेका थिएनन् केवल उनको आवाज आइरहेको थियो । दुई दिनसम्म ती कैदी त्यहीँ फसिरहे । भागेको दोस्रो दिन जब पुलिस उनलाई खोज्न निस्कियो तब अपराधीले आफैं चिच्याएर पुलिसलाई बोलाए । पुलिसले ती अपराधीलाई बाहिर निकाल्यो र फेरि जेल पठायो । भिडियोमा हेर्नुहोस् उनी कसरी फसेका थिए ।