राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सरकारको सम्मान (फोटोफिचर)

२७ पौष २०७५
banner

काठमाडौं। सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छ। गत वर्ष सरकारले सार्वजनिक विदा दिएर औपचारिक रुपमा मनाएको पृथ्वी जयन्तीमा यो वर्ष सरकारले सार्वजनिक विदा नदिएपनि औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको हो।

 

 

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश जारी गरेका छन्।

 

 

यसैगरी शुक्रबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिसका माल्यापर्ण गरिन् श्रद्धाञ्जलि अर्पण गरेकी छन्। सो क्रममा नेपाली सेनाको एक टुकडीले सम्मान सलामी दिएको थियो।

 

 

प्रधानमन्त्री केपी ओलीले पृथ्वी नारायण शाहलाई राष्ट्र नायक भएको बताएका छन्। प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन्।

 

 

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो। पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन।”

 

 

२७५ वर्षअघि बाइसे र चौबिसे राज्यमा विभाजित भएको र ब्रिटिस साम्राज्यले भारतमा कब्जा जमाएसँगै नेपाल निल्न खोजेका बेला तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साना राज्यहरुलाई बलपूर्वक एकीकरण गरेको इतिहास छ।

 

 

शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो। तर, गणतन्त्र स्थापनापछि सो प्रचलन हटेको थियो।

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l