पृथ्वी जयन्तीमा बिदा दिने निर्णय, कमल थापाले भने 'स्याबास'!

२६ पौष २०७५
banner

फाइल फोटो

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धन्यवाद ज्ञापन गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विटरमा एक ट्विट गर्दै नेता थापाले भनेका छन्, 'स्याबास !! नेपालगन्ज उपमहानगरपालिका र मेयर डा धवल शम्सेर राणालाई प्रशंसनिय कार्यको निमित्त बधाई तथा धन्यवाद'

आज बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको हो।

नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l