फर्सी मन पर्छ ? यस्ता छन् फर्सी खानुका फाइदा

२८ पौष २०७५
banner

‘फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो। स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी। भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ।

- फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ।

– पहेलो भएर पाकेको फर्सी झन् फाइदा जनक हुन्छ। यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ।

– फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ। यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ। यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ।

– फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ। जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ।

– फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ।

– यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ।

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l