मेट्रोपछि नयाँ किसिमको सवारी एआरटी कुँदाउने कतारको योजना

२६ अषाढ २०७६
banner

काठमाडौँ । छिमेकी देशहरूले लामो समयदेखि लगाएको पूर्ण आर्थिक नाकाबन्दी र हवाई क्षेत्रको प्रतिबन्धका बाबजुद कतार बिल्कुल कमजोर भएकाे छैन । साउदीको कुनै पनि रणनीतिले उसलाई झुकाउन सकेको छैन । नाकाबन्दीकै बीचमा झन् समृद्ध हुँदैछ कतार ।

कतारले अप्ठेरोलाई अवसरमा परिणत गर्ने लोभलाग्दो क्षमता प्रदर्शन गरिरहेको छ । नाकाबन्दीपछि कतारले खाद्य आत्मनिर्भरता, सामाजिक अमन र आर्थिक दिगोपनमा महत्वपूर्ण सुधार मात्र होइन विकास निर्माणमा पनि उक्तिकै फड्को मारिरहेको छ ।जसले अहिले विश्व जगतलाई नै चकित तुल्याएको छ ।

मेट्रो रेल सफलतापूर्वक सञ्चालन गरिसकेको कतारले अहिले फेरि आफ्नो मुलुकमा एक नयाँ किसिमको सवारी कुँदाउने योजना गरेको छ । देशको सबै ठाउँमा यातायात सेवाको पँहुच पुर्याउन विश्वस्तरीय सवारी एआरटी सञ्चालन गर्ने चाहना राख्दै उसले अहिले त्यसको गृहकार्य गरिरहेको छ ।

कतारको सूचना तथा सञ्चार मन्त्रलायले जनाएअनुसार यो विद्युतीय सवारीको आउँदो हप्तादेखि दोहादेखि उत्तरमा पर्ने अल–खोरमा परिक्षण गरिने भएको छ ।

अटोमेटिक रेपिड ट्रान्जिट भनिने यो नयाँ किसिमको सार्वजानिक बस र रेलको विशेषताले बनेको हुन्छ । चीनले यसलाई पहिलो पटक सन् २००७ देखि सञ्चालनमा ल्याएको थियो । परिक्षण सफल भएमा यो सवारी सञ्चालनमा ल्याउने कतार सम्भवत विश्वकै दोस्रो राष्ट्र हुने बताइएको छ ।


 


 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |