झाँक्रीबाट कुटिएकी राधा बोक्सीको आरोपमा फेरि कुटिइन्

२२ कार्तिक २०७५
banner

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरि कुटिएकी छन् ।

राधालाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय सुख्खडको प्रहरी टोलीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई बुधबार पक्राउ गरेको छ । राधा आफैले जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूमाथि कुटपिट भएको फोन गरेर जानकारी दिएपछि जिप्रकाले इप्रकालाई उनको उद्धार गर्न तथा आरोपी पक्राउ गर्न निर्देशन दिएको थियो ।

जिप्रकाको निर्देशनपछि आरोपी कालिचरणलाई बुधबारै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको डिएसपी हरीबहादुर वलीले डीसीनेपाललाई जानकारी दिए । 

पक्राउ परेका चौधरी हाल इलाका प्रहरी कार्यालय सुख्खडको हिरासतमा रहेको र उनीमाथि कानुनी कारबाही हुने डिएसपी वलीले बताए । पीडित राधाले कालिचरणविरुद्ध जाहेरीसमेत दिएको प्रहरीले जनाएको छ । 

कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने डीएसपी वलीले जानकारी दिए ।

यसअघि गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् । उनै राधा फेरि बोक्सीको आरोपमा कुटपिटमा परेकी हुन् । 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l