रेलको लिगमा दुई किशोरीको शव फेला

२७ माघ २०७५
banner

वीरगञ्ज । रक्सौलको रेलवे लिगमा वीरगञ्जकी दुई किशोरीको शव फेला परेको छ । रक्सौल–सुगौली रेलवे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा उनीहरूको शव फेला परेको छ ।

घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको  पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ ।

पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने राजेश्वर साहले आफ्नो छोरी निभा विपीसी कलेजको कक्षा ११ मा अध्यनरत रहेको बताए । अर्की छात्रा सोही गाउँपालिका–३ हरिहरपुर बस्ने किरण चौरसिया रहेको खुलेको छ । एक जनाको खुट्टा काटिएको छ भने अर्कीको टाउको नै काटेको अवस्थामा शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले दुईजना नेपाली छात्राहरुको मृत्यु भएको खबर प्रहरीमा पनि आएको तर आधाकारित पुष्टि नभएको बताए ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l