कविता –‘बिक्रीमा छ छाला र हड्डी’–राजन पराजुली

२७ पौष २०७५
banner

पीर र व्यथाले घेरिएको
पीडा र दुखाईले थिचिएको
सिङ्गो यो शरीर बिक्रिमा छ
बिक्रीमा छ
चोट पर्दा खूशीले धड्किने मुटु
अन्यायलाई टुलु टुलु हेर्ने यी आँखा
गरिब भएकै कारण अनेकौ आरोप सुन्ने कान
चौबीस घण्टा पानी जस्तै बग्ने आँसु
कसैले नरूचाईएको
लेख्दा लेख्दै भावीले कलमको मसि सक्काएको
उजाड़ मरभूमि जस्तो
यो दुई पैसाको तक्दिर बिक्रीमा छ
दिन मै सपना देखाएर
भावना माथि खेलवाड़ गर्ने
गरिबीको सोझोपनको फाईदा उठाएर
आफ्नो स्वार्थको लागि चाल खेल्ने
रगत पूरै जुकाहरूले चुसेर बाँकी रहेको
छाला र हड्डी बिक्रीमा छ
बिक्रीमा छ,
दुईटा किड्नी 
भोकले छटपटाई रहेका आन्द्राहरू
२१ ग्रामको बेकामे सास

राजन पराजुली
चितवन

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |