७८ लाख धरौटी बुझाएर छुटे राजनारायण

१ जेठ २०७६
banner

काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतल काठमाडौंले बुधबार थुनछेक बहसपछि उनीमाथि बिगोअनुसारकै ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाठकलाई नेपाल बंगलादेश बैंकले बैंक ग्यारेण्टी दिएपछि उनी बुधबारै रिहा भएको विशेष अदालत काठमाडौंले जनाएको छ । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बिगोअनुसराकै धरौटी मागेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो ।  

७८ लाख रुपौयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।  थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |