‘नेफ्टोजको नीति, कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध’ : राज्यमन्त्री रावल

२६ आश्विन २०७५
banner

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नेपाल पर्यटन पत्रकार महासंघको नीति, कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।

शुक्रबार डडेल्धुरामा नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्ञ्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले जुन अपेक्षा, उद्देश्य र चिन्तन दिएर पर्यटन पत्रकार महासंघ गठन गरेको छ त्यो उद्देश्य पूरा गर्ने प्रदेश सरकार तयार रहेकोमा जोड दिए।

नव नियुक्त राज्यमन्त्री रावलले सुदूरपश्चिम प्रदेशका पर्यटनको धेरै सम्भावना रहेको  उल्लेख गर्दै नेपाललाई समृद्धिको बाटोमा अगाडी बढाउन पनि पर्यटनको ठूलो भूमिका  रहेको दावी गरे।

कार्यक्रममा अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै डडेल्धुराको पर्यटन क्षेत्रको विकासको लागि सबै स्थानीय तहहरुबीच प्रचारप्रसारका लागि प्रतिस्प्रधा हुन जरुरी रहेको बताए।

सोही कार्याक्रममा नेपाल पर्यटन पत्रकार महासंका अध्यक्ष धनिराम शर्माले देशलाई समृद्धिको बाटोमा लाग्नका लागि पत्रकारको ठूलो भूमिका रहेको बताए। हिजोका दिनमा राजनीतिक आन्दोेलनमा पत्रकराहरुले ठूलो भूमिका निर्वाह गरेको भन्दै शर्माले अब पत्रकारहरु आर्थिक अभियानमा लाग्नुपर्ने बताए।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l