बलात्कारी बाबालाई अदालतले हत्यारा पनि ठहर गर्यो, पूरै जिन्दगी जेलमै बित्ने

२७ पौष २०७५
banner

पंचकुला। हरियाणाको पंचकुला विशेष सिबीआइ अदालतले बलात्कारी बाबा गुरमित राम रहिमलाई हत्यारा समेत ठहर गरेको छ । बाबा राम रहिमलाई पत्रकार रामचन्द्र छत्रपतिको हत्या आरोपमा अदालतले दोषी ठहर गरेको हो । पत्रकार छत्रपति उनै पत्रकार हुन् जसले बाबा राम रहिमको डेरा सच्चा सौदाभित्र साध्वीको यौन शोषण भएको विषयमा खोजी समाचार लेखेका थिए । बाबा राम रहिमसँगै कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाललाई पनि दोषी ठहर गरिएको छ । 

अदालतले बाबालाई दोषी ठहर गरे पनि सजाय तोकिसकेको छैन । आगामी जनवरी ७ मा हुने अर्को सुनुवाइमा सजाय तोकिनेछ । २०१७ मा यही अदालतले बाबालाई बलात्कारी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाएको थियो । संयोगले आज बाबालाई हत्यारा ठहर गर्ने न्यायाधीश पनि जगदीप सिंह नै हुन् जसले १ वर्षअघि बाबालाई बलात्कारी ठहर गर्दै सजाय सुनाएका थिए । 

पत्रकार छत्रपतिको हत्या १६ वर्ष पहिले भएको हो । गुरमित राम रहिमले पत्रकार छत्रपतिको हत्याको योजना बनाएको, डेरा सच्चा सौदाका म्यानेजर कृष्णलालको नाममा लाइसेन्स भएको पेस्तोलले उनको हत्या गरिएको र मोटरसाइकलमा आएका कुलदीपले गोली चलाएको आरोप लागेको थियो । कुलदीप मोटरसाइकलमा पछाडि बसेको र मोटरसाइकल निर्मलले चलाइरहेको दावी गरिएको थियो ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l