आज हत्यारा घोषित हुनसक्छन् बलात्कारी बाबा, हत्या मुद्दाको फैसला आज न्यायाधीश उनै

२७ पौष २०७५
banner

सिरसा। बलात्कार आरोजमा जेल सजाय काटिरहेका गुरमित राम रहिम सिंह आज हत्यारा घोषणा हुन सक्छन् । सिरसाका पत्रकार राचन्द्र छत्रपतिको हत्याको विषयमा चलिरहेको मुद्दामा पंचकूलाको विशेष सिबिआइ अदालतले आज फैसला सुनाउने तयारी गरेको छ । यही जनवरी २ मा सिबिआइ अदालतले यो मुद्दाका आरोपी गुरमित राम रहिम, निर्मल कुलदीप र कृष्णलाललाई अदालतमा पेश गर्न आदेश दिएको थियो । सुरक्षाका कारण हरियाणा सरकारको अपिलपछि अदालतले राम रहीमको सुुवाइ भिडियो कन्फ्रेन्सबाट गराउने अनुमति दिएको छ । 

पत्रकार छत्रपतिको हत्या १६ वर्ष पहिले भएको हो । रोचक त के भने यो मुद्दामा पनि उनै न्यायाधीश जगदीप सिंहले फैसला सुनाउँदैछन् जुन न्यायाधीशले राम रहिमलाई बलात्कारी ठहर गर्दै सजाय सुनाएका थिए । साध्वी यौन शोषण मुद्दामा जो पत्र प्राप्त भएका थिए तिनै पत्रको आधारमा पत्रकार छत्रपतिले आफ्नो पत्रिकामा समाचार लेखेका थिए । त्यसपछि छत्रपतिलाई धम्की दिइएको थियो । तर, धम्कीले पनि उनी नझुकेपछि २४ अक्टोबर २००२ मा उनीमाथि आक्रमण गरिएको र उनको अपोलो अस्पतालमा मृत्यु भएको थियो । 

गुरमित राम रहिमले पत्रकार छत्रपतिको हत्याको योजना बनाएको, डेरा सच्चा सौदाका म्यानेजर कृष्णलालको नाममा लाइसेन्स भएको पेस्तोलले उनको हत्या गरिएको र मोटरसाइकलमा आएका कुलदीपले गोली चलाएको आरोप छ । कुलदीप मोटरसाइकलमा पछाडि बसेको र मोटरसाइकल निर्मलले चलाइरहेको दावी गरिएको छ । 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l