‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुन्छ’

१ जेठ २०७६
banner

फाईल तस्विर

धनकुटा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुने भएकोले त्यसतर्फ सबै चनाखो हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन धनकुटाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पछिल्लो समय प्रेसलाई कमजोर बनाएर सरकार अघि बढन खोजेकोले त्यसतर्फ चनाखो हुनुपर्ने बताए ।

उनले देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न काङ्ग्रेसले सहयोग पु¥याउने नेता महतको भनाइ थियो । सरकार काममा भन्दा प्रचारमा बढी लागेको भन्दै त्यसले देशलाई समृद्ध बनाउन नसक्ने उनले आरोप लगाए ।

काङ्ग्रेसले मुलुकमा विकास र समृद्धिको जग लगाएको भए पनि वर्तमान सरकार काङ्ग्रेसले शुरु गरेका विकासका आयोजनामा आफनो नाम मात्र फेरेर प्रचारमा लागेको बताएका थिए।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |