जनभावनाअनुसार काम गर्नुपर्छ : रामचन्द्र पौडेल

२६ आश्विन २०७५
banner

नवलपरासी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाए। अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।

सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l