विजुलीको पोलले थिचेर कलाकार संघका अध्यक्षको निधन

२३ आश्विन २०७५
banner

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर ५८ वर्षीय बोगटीको निधन भएको हो ।

बिहान घरबाट बाहिर निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडीबाट बाहिर निस्किएका थिए । रुख विपरित दिशातर्फ ढलेर ट्रान्समिटर सहितको विजुलीको पोलमा लागेपछि पोल ढलेर उनलाई थिचेको थियो । लगत्तै उपचारका लागि बीएन्डबी अस्पतालमा लैजादै गर्दा उनको निधन भएको हो । 

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टी गरेकी छिन् । निधनपछि पाटन अस्पतालमा उनको शव पोष्टमार्टम गरिएको छ ।
 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।