सबैले विरोध गरिरहेका बेला वामदेवको पक्षमा देखिइन् रामकुमारी झाँक्री (भिडियो सहित)

२५ आश्विन २०७५
banner

काठमाडौं । काठमाडौं ७ का सांसद रामविर मानन्धरको राजिनमा गराएर उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेपछि नेकपाका नेता वामदेव गौतमको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी नेकपाकी केन्द्रीय सदस्य भने वामदेवको पक्षमा देखिएकी छन् । 

बिहीबार रिपोर्टस क्लवमा बोल्दै उनले वामदेव गौतमको आवश्यका संसदमा रहेको भन्दै उनको पक्ष लिएकी हुन् । उनले संसदमा शीर्ष नेताहरुको आवश्यकता रहेको बताइन् । 

उनले वामदेवको उम्मेदवारीका विषयमा पार्टीका शीर्ष ४ जना नेताले निणर्य गर्नुपर्ने बताइन् । उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल र स्वयम वामदेव बसेर निर्णय गर्नुपर्ने बताइन् । 

रामविरको राजिनामाको विषयमासमेत बोल्दै पार्टीले यो विषयमा संस्थागत निर्णय गर्नुपर्ने बताइन् । उनले यो विषय कसैको व्यक्तिगत विषय नभएको टिप्पणी गरेको हो । 

वामदेवको चरित्र हत्या भइरहेको भन्दै त्यसप्रति पनि उनले आपत्ती जनाइनन् । उनले पार्टीका नेताहरुले यो विषयमा स्पस्ट पार्न सक्नुपर्ने बताइन् । उनले वामदेवको चुनाव लड्ने कुरा र रामविरको राजिनामाको कुरा पानीमा गहिराई नाप्ने ढंगले पनि आएको हुनसक्ने बताइन् । 

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l