छाेरी बलात्कार आरोपमा बाबु पक्राउ

२४ आश्विन २०७५
banner

काठमाडौं। छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै १४ वर्षीया छोरीमाथि पटक–पटक करणी आरोपमा मंगलबार ४३ वर्षीय बाबु पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोल्पा नगरपालिकाभित्रै १ वर्षदेखि छोरी करणी आरोपमा उनका बाबु पक्राउमा परेका हुन्। ‘पीडित किशोरीले उजुरी गरेपछि अनुसन्धानका लागि बुबालाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी निरीक्षक सुदर्शन पन्थीले भने ।’

प्रहरीका अनुसार आमाको मृत्यु भएको केही समयपछि जबरजस्ती करणी सुरु गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन् । डर त्रास देखाएर पटक–पटक आफूमाथि जबरजस्ती करणी गर्दै आएको किशोरीले बताएको पन्थीको भनाइ छ ।

प्रहरीका अनुसार बाबुबाट पटक–पटक बलात्कृत भएपछि किशोरी भागेर दाङ पुगेकी थिइन् । त्यहाँबाटै उनले आफन्तमार्फत घटना सार्जजनिक गरेकी थिइन् । त्यसपछि मात्रै अधिकारकर्मीमार्फत प्रहरीले घटनाबारे जानकारी पाएको थियो । अधिकारकर्मीमार्फत किशोरी जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएकी थिइन् । आरोपित बाबुले उल्टै छोरी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । ती कक्षा ६ मा अध्ययनरत छिन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका ती पुरुषलाई कडा कारबाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन् । प्रहरीका अनुसार १ महिनाभित्र जिल्लामा ३ बलात्कारका घटना भएका छन्। कान्तिपुर दैनिक
 

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l