एक किशोरी : बलात्कार गर्न खोज्नेको ज्यानै लिइन्

२९ भाद्र २०७५
banner

काठमाडौं। रामेछापको रामेछाप नगरपालिका–७ रजरगाँउमा १३ वर्षीया नाबालिकाले आफूलाई बलात्कार गर्न खोज्ने एकजना ६५ वर्षीय वृद्धको ज्यान लिएकी छन् । विहीबार विहान ८ बजेतिर आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै १३ वर्षीया किशोरीले रड प्रहार गरेर ६५ वर्षीय पुर्णबहादुर श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत किशोरीले जंगलमा घाँस काट्न जाने बेलामा आफुलाई जबरजस्ती गर्न खोज्दा भागेर जोगिएको बताएकी छन् । उनले आफुलाई बलात्कार गर्न खोज्ने वृद्धलाई घरबाट फलामको रड ल्याएर टाउकोमा प्रहार गर्दा घटनास्थलमै ढलेको पनि प्रहरी समक्ष स्वीकार गगरेकी छन् ।

नातामा आफ्नै हजुरबुबा पर्नेलाई आफुले रड प्रहार गरेर आएको भन्दै नाबालिकाले विहान १० बजेतिर रामेछाप प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए । अन्नपूर्णपोष्ट दैनिक

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l