१८ बर्षीया युवतीमाथि सामुहिक यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजाय

२० मङ्सिर २०७५
banner

मड्रिड ।  स्पेनको एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ । 

एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् । 

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ । 

बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो । 

एक हप्ता लामो “सान फेरमीन बुल रनिङ” पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ । 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l