बलात्कारको शिकार हुन लागेकी महिलाले लगाइन् स्मार्ट ‘आइडिया’, तर्सिएर भाग्यो बलात्कारी

२ बैशाख २०७६
banner

काठमाडौं। हाम्रो समाजमा बलात्कारका घटनाहरु भइरहेका छन् । विभिन्न ठाउँमा हुने यस्ता घटना रोक्नका लागि विभिन्न प्रयासहरु पनि भइरहेका छन् । पछिल्लो समय एक महिलासँग भएको बलात्कारको प्रयासको घटना निकै चर्चामा छ । घटना भारतको महाराष्ट्रको हो । यहाँ एक महिलाले बलात्कारीबाट बच्नको लागि यस्तो स्मार्ट आइडिया लगाइन् कि यो विषय अहिले चर्चामा छ । २९ वर्षकी ती महिला विधवा हुन् ।

महाराष्ट्रको औरंगाबादमा ती महिलालाई एक युवकले बलात्कारको प्रयास गरेका थिए । २२ वर्षका किशोर विलास अवहद नामका ती युवकलाई पक्राउ गरिएको छ । २५ मार्चका दिन बेलुका ती महिला आफ्नी ७ वर्षकी छोरीलाई साथमा लिएर एक पसलमा सामान किन्न गएकी थिइन् । घर फर्कने बेला उनीसँग १० रुपैयाँ मात्र बाँकी रह्यो । उनले अरु यात्रुसँग मिलेर अटोमा घर फर्कने प्रयास गरिन् तर ‘शेयरिङ अटो’ पाउन सकिनन् ।

त्यसपछि महिलाले छोरीसँग बाटोछेउमा उभिएर लिफ्ट माग्ने प्रयास गरिन् । त्यही समयमा त्यही बाटोमा मोटरसाइकलमा जाँदै गरेका किशोरले उनलाई लिफ्ट दिए । किशोरले उनीहरुलाई घर नलगी सुनसान ठाउँमा लिएर गए । त्यहाँ उनले धारिलो हतियार देखाएर महिलालाई बलात्कारको प्रयास गरे । महिलाले उनीबाट बच्नको लागि आफू एचआइभी संक्रमित भएको बताइन् । उनको कुरा सुन्नासाथ किशोर उनीहरुलाई त्यहीँ छोडेर भागे । त्यसपछि महिलाले पुलिसमा खबर गरिन् । महिलाले बताएको हुलियाका आधारमा आरोपीको स्केच तयार गरेर पक्राउ गरिएको बताइएको छ ।

ताजा भिडियो

हामी भनेर मात्र हाेईन गरेर पनि देखाउछाै : प्रधानमन्त्री ओली | PM Kp Sharma Oli |

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |