आईसियुमा उपचार गराईरहेकी १६ वर्षकी किशोरीमाथि सामुहिक बलात्कार

२० कार्तिक २०७५
banner

एजेन्सी । दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका बेला फेरी एक १६ वर्षीया किशोरी सामुहिक बलात्कारको सिकार बनेकी छन्।

सर्पले टोकेर भारतको उत्तर प्रदेशको बरेली अस्पतालमा आईसियु कक्षमा उपचार गराईरहेक ति किशोरीलाई सोही अस्पतालका सेक्युरिटी र अन्य चार जना अज्ञात मानिसको समुहले बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

बिरामीको मन्दिर मानिने अस्पतालमै गम्भीर विरामीमाथि बलात्कार भएको सम्भवत यो पहिलो घटना हो। किशोरी जनरल वार्डमा सिफ्ट भएपछि घटनाका बारेर खुलासा भएको हो। 

सर्पको टोकाईबाट आईसियुमा भर्ना गरिएकी किशोरीलाई कसैले भेट्न जान पाइने थिएन । सोही समयमा आफ्नी छोरीमाथि सामुहिक बलात्कार भएको उनका बाबुले बताएका छन्। 

यस विषयमा प्रहरीले आईसियुमा भर्ना भएका बिरामी र अस्पतालको फुटेज हेरर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l