आउँदो मंसिर १४ बाट सुरु हुँदै रारा सरसफाई तथा फोहोर व्यवस्थापन अभियान

७ मङ्सिर २०७५
banner

काठमाडौँ । यहि मंसिर १४ गतेबाट रारा ताल सरसफाई तथा फोहोर व्यवस्थापन अभियान सुरु हुने भएको छ।

शुक्रवार राजधानीको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो। आर्ट समिट ट्राभल एण्ड टुर्स प्रालि र होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा रारा ताल सरसफाई तथा फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिने भएको हो।

आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो चापसंगै पदमार्गमा पाल्स्टिकजन्य फोहोरको मात्रा बढ्दै गएको र त्यसले राराको सौदर्य नै बिगार्ने खतरा देखिएको भन्दै उक्त सरसफाई अभियान संचालन गर्न लागिएको आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिका प्रवन्ध निर्देशक सोमबहादुर तामाङ्गले जानकारी दिए।

पदमार्गका ३ सयदेखि ५ सय मिटर दुरीका बिभिन्न स्थानहरुमा २० वटा डस्टविन राखिने तामाङ्गले जानकारी दिए। ‘एक हप्तासम्म चल्ने अभियानले रारा पदमार्ग सफाई गर्नुका साथै नेपाली पर्यटकलार्इ सस्तोमा रारा घुमाउने छ।’ तामाङ्गले भने, ‘समिटले आन्तरिक पर्यटनलार्इ बढवा दिने उद्देश्यले विगत २ वर्षदेखि योजनावद्ध रुपमा नेपालीहरुलाई सुलभ दरमा रारा भ्रमण गराउदै आएको छ। यो पटक पनि पुराना वर्षहरुको जसरी नै भ्रमण गराउने योजनामा छौं।’

‘हाम्रो अभियान : नेपाल नेपालीलाई चिनाऔं’ भन्ने मुल नाराका साथ रारा अभियान गरिने भएको छ । अभियानको समापन भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा समापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।