आज बुधबार, शुभ-अशुभ कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

२२ जेठ २०७६
banner

आज मिति २०७६ साल जेठ २२ गते । तदनुसार सन् २०१९ जुन ५ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वितीया तिथी बुधबार ।

मेष

आफ्नो समस्याको समाधान आफैले खोज्नु पर्नेछ अरुको भरमा नपर्नु होला । उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोग अल्प मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ । काममा ढिला सुस्ति नगर्नु होला ।

वृष

आलस्यता बढ्नेछ । लेनदेन कारोवारमा चनाखो हुनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ,चिनेर व्यवहार गर्नु होला । कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

मिथुन

गतिरोध हट्नेछ । ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारले थोरै टाउको दुखाउनेछ । उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कर्कट

उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश मिल्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवाद बढ्नेछ ।

सिंह

औषधी चिकित्सा तथा कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

कन्या

कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा  नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

तुला

मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ । साना साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ । घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।

वृश्चिक

काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । अनावस्यक विषय बस्तुले मानसिक तनाव बढाउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

धनु

काममा बनावटी कुराले प्रवेश पाउन सक्छ होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकर

सफलता असफलता आफ्नै हातमा रहनेछ । विना संघर्ष कहि केहि हुने छैन । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला ।  परिश्रमको फल मिल्नेछ ।

कुम्भ

काम गर्दा दुविधामा परिनेछ । कृषि क्षेत्र एवं यान्त्रिक काममा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मीन

शारीरिक एवं मानसिक रुपमा कमजोर अनुभव हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर कसैले तपाईलाई दुःख दिन सक्छन् होशियार रहनुहोला । आफुले गरेका कामले अरुलाई बढि फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l