फेरि रसुवाली समाज युएईद्वारा मिर्गौला पीडित तामाङ्गलाई आर्थिक सहयोग

२९ फाल्गुन २०७५
banner

युएई । रसुवाली समाज युएईले सुबास तामाङलाई थप आर्थिक सहयोग गरेको छ।

समाजका सस्थापक सदस्य राजन अगस्ती र प्रमुख कार्यसमितिको सह–सचिव ठाकुर रैलाले सहयोग राशी रूपैयाँ दश हजार दश हजार सुबास तामाङ बचाउका अभियानता दावा फेन्जो तामाङलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष रामशरण पाण्डेले बताए।

सुबास तामाङ उतरगया गाउँपालिका सिम्लेका स्थायी बासिन्दा हुन्। उनको दुबै मिर्गौला फेल भएकोले रसुवाली समाज युएईले पहिला गएको पौष महिनामा पनि पीडित सुबास तामाङलाई १५ हजार आर्थिक सहयोग गरेको थियो।

रसुवाली समाज युएई बिशेषगरी युएईमा हुने रसुवालीहरुको हक हित सेवा र समस्यामा परेका रसुवालीहरुलाई सहयोग गर्न खोलिएको संस्था हो। वैदेशिक रोजगारीको सिलसिलामा युएई रहेका अप्ठेरोमा परेका रसुवाली दाजुभाइ दिदिबहिनीहरुलाई समाजले निरन्तर सहयोग गर्दै आएको छ।

समाजको भर्खरै वार्षिकोत्सब पनि सम्पन्न भएको थियो। रसुवाली समाजले पहिले पनि दुबै मिर्गौला पीडित राम प्रसाद पौडेल मुटु रोगी शेशमान गग्तानलाई पनि आर्थिक सहयोग गरेको थियो।

हाल रसुवाली समाज युएईमा अध्यक्ष राम शरण पाण्डे उपाध्यक्ष सन्तोष बराल महा सचिब वीरमान थिङ् सचिब सुजन बिक सह सचिब ठाकुर रैला साथै सदस्यहरु भरत तामाङ बिनोद पौडेल र यादब गुरुङ् क्रियासिल छन्।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |