नेपाल आइडलमा पहिलोपटक ओम विक्रम विष्टको गीत, जजले उठेर दिए यस्तो सम्मान

२६ आश्विन २०७५

banner

काठमाडौँ । पहिलो अन्तराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडलको पहिलो संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्पर्धीहरू हुँदै हाल टप १० जना प्रतिस्पर्धीहरू छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेस्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् ती मध्ये आज हामी एक प्रतिस्पर्धीको प्रस्तुती देखाउँदैछौँ जसले पहिलोपट नेपाल आइडलको स्टेजमा पप सम्राट ओम विक्रम विष्टको गीत गाएका छन् । ती हुन् रवि ओड ।

रवि ओड एक निकै नै राम्रा प्रतिस्पर्धि हुन् । उनले हिजोको एपिसोडमा ओम विक्रमको आवाजमा रहेको गीत "म मौनतामा अल्झिरहेको...." गाएका छन् । उनले यस गीतलाई निकै न्याय दिएको शोका जज तथा गेस्ट जजको भनाइ रहेको छ । हेर्नुहोस् भिडियो...

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »