रेशमको सपथ ग्रहण : सिंहदरबारमा छोरा र श्रीमती भेट्दा (फोटोफिचर)

१९ पौष २०७५
banner

काठमाडौँ । सपथ ग्रहणका लागि कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरी सिंहदरबार लगियो। 

सपथ ग्रहण समारोहमा पुगेका थिए चौधरीका छोरा र श्रीमती पनि। सपथ ग्रहण गर्ने हलमा बस्दा रेशमले छोरालाई काखमा लिए। श्रीमती पछाडि उभिइन्।

छोरालाई काखमा लिएपछि चौधरीले छोराको कपडाको बटन मिलाइदिए। छोरालाई भेटन पाउँदा चौधरीको अनुहारमा खुसी प्रस्ट देखिन्थ्यो। 

त्यस्तै खुसी चौधरीको आफूले सपथ ग्रहण गर्न पाउनुमा थियो। उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। उनले थारु भाषामा सपथ ग्रहण गरे। 

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। सपथपछि संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले उनलाई सांसदको लोगो लगाइदिए। सांसदको लोगो लगाएपछि चौधरीले हँसिलो मुद्रामा लोगो देखाएर पोज दिए। 

सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए।

सपथ ग्रहणपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ। 

टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन १४ गते २०७४ मा आत्मसमपर्ण गरेका थिए। 

चौधरीलाई टीकापुर घटनाका मुख्य योजनाकार ठहर गरिएको थियो। उनले अहिले जेल जीवन विताइरहेका छन्।
तस्वीर आर्यान धिमाल डिसी नेपाल डटकम

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |