कंलकी-कोटेश्वर सडक: स्ट्याण्डर्स विदेशी, व्यवहार 'नेपाली' (फोटो/भिडियो)

१३ मङ्सिर २०७५
banner

काठमाडौँ। कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ। दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माण केही दिन अघि सम्पन्न भएको हो।

चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले निर्माण गरेको यस सडकमा विभिन्न सडक चिन्ह् समेत लगाइएको छ। यो सडकमा १० वटा आकाशे पुल छन्।

 

 

जसमध्ये ३ वटा आकाशे पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। अन्य पुलको निर्माण कार्य भइरहेको छ। तर उक्त सडक भएर हिड्ने सर्वसाधारणले भने निर्माण भइसकेका पुलहरुको खासै प्रयोग गरेको देखिदैंन। मानिसहरु आफ्नो ज्यानलाई जोखिममा राखेरै खुलेआम बाटो काटिरहेका छन्।

सडकमा तीव्र गतिमा गुडिरहेका सवारी साधन र त्यही सडकबाट बाटो काटिरहेको दृश्य हेर्दा झट्ट लाग्छ कि उनीहरुलाई आफ्नो ज्यानको कुनै प्रवाह नै छैन। कतिपय त झन खुट्टाको समस्या रहेको भन्दै आकाशे पुलको प्रयोग नगरेको पाइयो।

तर सडकका केही मुख्य स्थानमा जेब्रा क्रसिङको पनि आवश्यकता रहेको छ। जेब्रा क्रसिङ नहुँदा कोही बाध्य भएर त कोही जथाभावी बाटो काटिरहेका छन्।

यस्तै फोहोरको उचित व्यवस्थापन नहुँदा केही स्थानमा सडक छेउछाउ मिनि डम्पिङ साइट नै बनेको छ। जसले गर्दा मानिसहरुको स्वास्थ्यमा खराबसँगै सडकको सुन्दरतामा समेत असर पारेको देखिन्छ।

 

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।