भिडियोः एटिएममा महिलालाई लुटेपछि हाँस्न थाले लुटेरा तर यसकारण फिर्ता दिए सबै पैसा

३० फाल्गुन २०७५
banner

बेइजिङ। चीनमा एक महिलालाई एटिएममा लुटेको र त्यसपछि सबै पैसा फिर्ता दिएको अनौठो घटना सार्वजनिक भएको छ । घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि केही मानिसहरुले लुटेराको प्रशंशा गरेका छन् । यो घटना चीनको हेयुआन शहरको हो । भाइरल सिसिटिभी भिडियोमा देख्न सकिन्छ कि एक महिला आइसीबीसी बैंकको एटिएमबाट पैसा निकाल्दै छिन् । 

जब एटिएम मेसिनबाट नोट बाहिर निस्किन्छ एक लुटेर त्यहाँ आउँछन् । लुटेराले महिलालाई चक्कु देखाएर सबै पैसा लिन्छन् । मिडिया रिपोर्टका अनुसार महिलाको पूरा नाम खुलाइएको छेन । उनको थर लाई बताइएको छ । रिपोर्टका अनुसार महिलाले डराएर आफूले झिकेको २५०० युआन सबै लुटेरालाई दिन्छिन् । लुटेरा यत्तिमै रोकिँदैनन् । उनले महिलालाई उनको खातामा अरु कति पैसा छ भनेर हेर्न पठाउँछन् । लुटेराले एटिएम मेसिनमा देख्छन् कि महिलाको खातामा पैसा बाँकी नै छैन । यो देखेर लुटेराले हाँस्दै महिलालाई उनको पैसा फिर्ता दिन्छन् । हेर्नुहोस् भिडियो – 

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l