रोहित चन्द इन्डोनेसिया लिगको वर्ष खेलाडीमा मनोनयन

२० मङ्सिर २०७५

banner

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका  सदस्य रोहित चन्द इन्डोनेसियाको लिगा वान फुटबलको बर्ष खेलाडीको मनोनयनमा परेका छन् ।  

इन्डोनेसियन लिग पर्सिजा जाकार्ताबाट खेलिरहेका रोहित उत्कृष्ट खेलाडीमा पर्दै प्लेयर अफ दि इयर अवार्डका लागि मनोनयमा परेका हुन् । लिग अध्ययन समितिले बिहिबार सार्वजनिक गरेको तीन खेलाडीको सूचीमा रोहित अटाएका हुन् ।

लिग अन्त्यको पुर्व सन्ध्यामा लिग वानले निकालेको मनोनयनमा रोहितसंगै पर्सिबाका डेविड डे सिल्भा र पीएसएमका विलेम जान प्लम अटाएका छन् ।

जारी सिजनमा रोहितले  उत्कृष्ट खेलिरहेका छन् । यो सिजनमा रोहितले ३० खेलमा ३ गोल गर्दै २ गोलको लागि पास उपलब्ध गराएका छन् ।

लिगमा रोहितको टिम पर्सिजा शीर्ष स्थानमा छ । रोहितको टिमलाई उपाधि जित्न एक जितको आवश्यकता रहेको छ । पर्सिजाले ३३ खेलमा ५९ अंक जोडेको छ ।

पर्सिजाले अन्तिम खेलमा कमजोर टिम मिट्रा कुकारसंग खेल्नेछ । उक्त खेल जितेमा रोहितको टिम च्याम्पियन बन्ने छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष